काठमाडौं, २ माघ । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ ।

निगमका अनुसार पेट्रोलमा प्रति लिटर दुई तथा डिजेल र मट्टीतेलमा प्रति लिटर तीन रुपैयाँ मूल्य वृद्धि भएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा २ रुपैयाँ २४ पैसा र डिजेलमा ३ रुपैयाँ ५५ पैसा बढेर आएको निगमले जनाएको छ ।

मूल्य वृद्धिसँगै प्रति लिटर १६० रुपैयाँ ५० पैसा (पहिलो वर्ग) पर्ने पेट्रोलको मूल्य १६२ रुपैयाँ ५० पैसा पुगेको छ भने प्रतिलिटर १५० रुपैयाँ ५० पैसा (पहिलो वर्ग) पर्ने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ ५० पैसा पुगेको छ ।

निगम सञ्चालक समितिको निर्णयानुसार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बुधबार राति १२ बजेपछि लागु हुनेछ ।

हेर्नुहोस् निगमको विज्ञप्ति

 

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !