
काठमाडौं, १० माघ । बिहीबार (आज) गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली भएको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराई मधेसका धेरै भू–भागहरूमा हुस्सु (कुहिरो) लागेको छ ।
पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेका कारण ती क्षेत्रमा मौसम बदली भएको हो ।मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिमका पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू र गण्डकीको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिमका पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू र गण्डकीको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।मधेशमा भने मौसम पूर्णरुपमा सफा रहनेछ ।मधेशमा भने मौसम पूर्णरुपमा सफा रहनेछ ।