जनकपुरधाम, माघ १० । ज्योतिष डा. नवीन झाले २०८२ बैशाखमा नेपालको सत्ता परिवर्तन हुने दावी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म तिथिलाई आधार मानेर ज्योतिष गणना गर्दा २०८२ को प्रारम्भमा उनी सत्ता च्युत हुने दावी गरेका छन् । प्रधानमन्त्री ओलीको ग्रहदशा माघ महिना देखी नै विग्रीने दावी गर्दै ज्योतिष डा. उनको स्वास्थ्य अवस्थामा माघ महिना देखी नै समस्या देखिने तर सत्तामा भने चैत महिना सम्म कुनै समस्या नआउने बताएका छन् ।

मधेश टुडे संग कुराकानी गर्दै ज्योतिष डा. झाले प्रधानमन्त्री ओलीको लागि २०८२ प्रत्युत्पादक हुने उनको ज्योतिष गणनाले देखाई रहेको बताएका छन् । मारकेश जन्य दोषका कारण २०८२ उनको लागि सुखद नरहने उनले बताए । २०८१ प्रधानमन्त्री ओलीका लागि जति सुखद छन् २०८२ त्यति उपयुक्त नरहने सम्भावना देखिएको उनको कथन छ ।

मुलुकमा सत्ता परिवर्तनको चर्चा चलिरहेको बेला ज्योतिषी झाले बैशाख देखी मुलुकमा सत्ता परिवर्तनको रुपरेखा देखिने बताए ।
उनले २०८१ माघ ९ गते देखी २०८२ बैशाख १० गते सम्म मुलुकमा ठूर्लै राजनीतिक उथल पुथल हुने दावी समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !