
काठमाडौँ । नेकपा एमालेले अधिवेशनबाट बिदा भएका पुराना कार्यकर्ताहरूको व्यवस्थापन चुनौतीपूर्ण भएको बताएको छ । अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन-११ जारी गर्दै पार्टीमा आउन चाहनेहरूले सम्पर्क र सम्बन्ध बढाइरहे पनि व्यवस्थापनको जटिलताले पार्टी प्रवेश अभियानमा समस्या भएको भन्दै अधिवेशनबाट बिदा भएका कार्यकर्ताको समेत व्यवस्थापन चुनौतीपूर्ण भएको बताएका हुन् ।काठमाडौँ । नेकपा एमालेले अधिवेशनबाट बिदा भएका पुराना कार्यकर्ताहरूको व्यवस्थापन चुनौतीपूर्ण भएको बताएको छ । अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन-११ जारी गर्दै पार्टीमा आउन चाहनेहरूले सम्पर्क र सम्बन्ध बढाइरहे पनि व्यवस्थापनको जटिलताले पार्टी प्रवेश अभियानमा समस्या भएको भन्दै अधिवेशनबाट बिदा भएका कार्यकर्ताको समेत व्यवस्थापन चुनौतीपूर्ण भएको बताएका हुन् ।पार्टीमा आउन चाहनेहरूले सम्पर्क र सम्बन्ध पनि बढाइरहेका छन् । तर व्यवस्थापनका जटिलताले पार्टी प्रवेशको अभियानमा समस्या देखिएको छ । प्रवेश गरेका अगुवाहरूको व्यवस्थापन हुन नसक्दा गुनासो पनि बढेको छ । अधिवेशनबाट बिदा भएका पुराना कार्यकर्ताको व्यवस्थापन चुनौतीपूर्ण बन्न पुगेको छ’, अध्यक्ष ओलीले जारी गरेको अपानिमा भनिएको छ ।पार्टीमा आउन चाहनेहरूले सम्पर्क र सम्बन्ध पनि बढाइरहेका छन् । तर व्यवस्थापनका जटिलताले पार्टी प्रवेशको अभियानमा समस्या देखिएको छ । प्रवेश गरेका अगुवाहरूको व्यवस्थापन हुन नसक्दा गुनासो पनि बढेको छ । अधिवेशनबाट बिदा भएका पुराना कार्यकर्ताको व्यवस्थापन चुनौतीपूर्ण बन्न पुगेको छ’, अध्यक्ष ओलीले जारी गरेको अपानिमा भनिएको छ ।अध्यक्ष ओलीले आमरूपमा पार्टीको संगठनात्मक काममा तीव्रता आएको र पार्टीका बैठक र पार्टी कमिटीबाट आयोजना गरिएका कार्यक्रमहरूमा सहभागिता उल्लेख्य देखिएको पनि बताएका छन् । ओलीले पुराना र अनुभवी कार्यकर्ताको सम्मान र पार्टी निर्माणमा उनीहरूको सहभागिता जुटाउने कुरामा सम्बन्धित तहका कमिटीहरूको ध्यान दिन निर्देशन समेत दिएका छन् ।अध्यक्ष ओलीले आमरूपमा पार्टीको संगठनात्मक काममा तीव्रता आएको र पार्टीका बैठक र पार्टी कमिटीबाट आयोजना गरिएका कार्यक्रमहरूमा सहभागिता उल्लेख्य देखिएको पनि बताएका छन् । ओलीले पुराना र अनुभवी कार्यकर्ताको सम्मान र पार्टी निर्माणमा उनीहरूको सहभागिता जुटाउने कुरामा सम्बन्धित तहका कमिटीहरूको ध्यान दिन निर्देशन समेत दिएका छन् ।