जनकपुरधाम, माघ १२ । जनमत विद्यार्थी संघले आफ्नै नेतृत्व सरकार विरुद्ध प्रदर्शन गरेको छ । आज धनुषाको डुमरिया चोकमा विभिन्न माग सहित आएका जनमत विद्यार्थी संघका कार्यकर्ताहरुले शहीद सूर्यनाथ राण स्मृति अस्पताल संचालन हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।

सूर्यनाथकै शालिक अगाडि गरिएको सो विरोध प्रदर्शनमा सिके राउत जिन्दाबादको नारा लगाइएको थियो भने मधेश प्रदेशका स्वास्थ्यमन्त्री शत्रुधन सिंह कोइरी, प्रधानमन्त्री केपी शर्मा ओली र केन्द्रीय स्वास्थ्य मन्त्री प्रदीप पौडेलको राजिनामा माग गर्दै पुतला दहन गरिएको थियो ।

संघ र प्रदेश सरकारका घटक राजनीतिक दल जनमत पार्टीकै कार्यकर्ताहरुबाट सरकार विरुद्ध प्रदर्शन गरिन थालिए पछि मधेश प्रदेश सरकार संकटमा आउन सकिने भएको छ । भाषा सम्वन्धी विधेयक प्रदेश सभामा छलफल चलि रहेकै बेला जनमत युवा संघका कार्यकर्ताहरुले प्रदेश सभा अगाडि आफ्नै सरकार विरुद्ध नाराबाजी गरिरहेका थिए ।

जनमत सरकारमा पनि बस्ने र सरकार विरुद्ध समय समयमा प्रदर्शन गर्नुले आफै धामी र आफै झाक्रीको भूमिका निर्वाह गरिरहेको विश्लेषकहरु बताउँछन् । नेपालको तथ्यांकमा कही कतै नभएको मधेश भाषा लिएर अन्य भाषा भन्दा बढी मैथिली भाषा प्रति पूर्वाग्रही देखिएका जनमत पार्टी र सो पार्टीका अध्यक्ष डा. सिके राउतको चारै तिर आलोचना हुन थालेपछि शुक्रबार प्रदेश सभामा कामकाजी भाषा विधेयक पारित गर्नुको सट्टा फिर्ता गरिएको थियो ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशको मुख्यमन्त्री पद सम्हाल्दा उनी मैथिली भाषामा सपत ग्रहण गरेका थिए सोही पार्टीका अन्य मन्त्रीहरुले मैथिलीमा सपत ग्रहण गरेर आफुहरु मधेश भाषामा सपत ग्रहण गरेको सही छाप गरेका थिए ।

जनमत पार्टीको दोहरो स्टेण्डले पार्टी प्रति आम जनताको झुकावमा विस्तारै ह्रास आउँदै गएको जानकारहरु बताउँछन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोको आलोचना गरेर एका एक मधेशको राजनीतिमा उदाएका डा. राउतको क्रियाकलाप विस्तारै विस्तारै आम जनता समक्ष छताछुल्ल हुन लागेको राजनीतिकर्मीहरुको भनाई छ ।

नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले मधेशबादी दलका नेतृत्वकर्ताको नाकारात्मक प्रचार गरेकै कारण जनमत पार्टीको मधेशमा उदय भएको र आम जनताको विस्वास पनि बढेको जानकारहरु बताउँछन् तर, डबल स्टेण्डले आम जनताको भ्रम विस्तारै विस्तारै टुटदै गएको उनीहरुको भनाई छ ।जनकपुरधाम, माघ १२ । जनमत विद्यार्थी संघले आफ्नै नेतृत्व सरकार विरुद्ध प्रदर्शन गरेको छ । आज धनुषाको डुमरिया चोकमा विभिन्न माग सहित आएका जनमत विद्यार्थी संघका कार्यकर्ताहरुले शहीद सूर्यनाथ राण स्मृति अस्पताल संचालन हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।

सूर्यनाथकै शालिक अगाडि गरिएको सो विरोध प्रदर्शनमा सिके राउत जिन्दाबादको नारा लगाइएको थियो भने मधेश प्रदेशका स्वास्थ्यमन्त्री शत्रुधन सिंह कोइरी, प्रधानमन्त्री केपी शर्मा ओली र केन्द्रीय स्वास्थ्य मन्त्री प्रदीप पौडेलको राजिनामा माग गर्दै पुतला दहन गरिएको थियो ।

संघ र प्रदेश सरकारका घटक राजनीतिक दल जनमत पार्टीकै कार्यकर्ताहरुबाट सरकार विरुद्ध प्रदर्शन गरिन थालिए पछि मधेश प्रदेश सरकार संकटमा आउन सकिने भएको छ । भाषा सम्वन्धी विधेयक प्रदेश सभामा छलफल चलि रहेकै बेला जनमत युवा संघका कार्यकर्ताहरुले प्रदेश सभा अगाडि आफ्नै सरकार विरुद्ध नाराबाजी गरिरहेका थिए ।

जनमत सरकारमा पनि बस्ने र सरकार विरुद्ध समय समयमा प्रदर्शन गर्नुले आफै धामी र आफै झाक्रीको भूमिका निर्वाह गरिरहेको विश्लेषकहरु बताउँछन् । नेपालको तथ्यांकमा कही कतै नभएको मधेश भाषा लिएर अन्य भाषा भन्दा बढी मैथिली भाषा प्रति पूर्वाग्रही देखिएका जनमत पार्टी र सो पार्टीका अध्यक्ष डा. सिके राउतको चारै तिर आलोचना हुन थालेपछि शुक्रबार प्रदेश सभामा कामकाजी भाषा विधेयक पारित गर्नुको सट्टा फिर्ता गरिएको थियो ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशको मुख्यमन्त्री पद सम्हाल्दा उनी मैथिली भाषामा सपत ग्रहण गरेका थिए सोही पार्टीका अन्य मन्त्रीहरुले मैथिलीमा सपत ग्रहण गरेर आफुहरु मधेश भाषामा सपत ग्रहण गरेको सही छाप गरेका थिए ।

जनमत पार्टीको दोहरो स्टेण्डले पार्टी प्रति आम जनताको झुकावमा विस्तारै ह्रास आउँदै गएको जानकारहरु बताउँछन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोको आलोचना गरेर एका एक मधेशको राजनीतिमा उदाएका डा. राउतको क्रियाकलाप विस्तारै विस्तारै आम जनता समक्ष छताछुल्ल हुन लागेको राजनीतिकर्मीहरुको भनाई छ ।

नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले मधेशबादी दलका नेतृत्वकर्ताको नाकारात्मक प्रचार गरेकै कारण जनमत पार्टीको मधेशमा उदय भएको र आम जनताको विस्वास पनि बढेको जानकारहरु बताउँछन् तर, डबल स्टेण्डले आम जनताको भ्रम विस्तारै विस्तारै टुटदै गएको उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !