जनकपुरधाम, माघ १८ । जनता समाजवादी पार्टी नेपालले सरकारले ल्याएको भूमि सम्बन्धि अध्यादेश महेन्द्रवादको पुनरावृति रहेको आशंका व्यक्त गरेको छ ।

जसपा नेपालका प्रवक्ता मनिष सुमनले मधेश टुडे संग कुरा गर्दै सरकारको भूमि सम्बन्धि अध्यादेशले प्रधानमन्त्री केपी शर्मा ओलीमा महेन्द्रवादी सोच हावी भएको टिप्पणी गरेका छन ।
प्रधानमन्त्री ओलीको भूमि सम्बन्धि अध्यादेशको कदमले मधेशी आदिवासी लाई उसकैै भूमिबाट विस्थापित गराउने गन्ध आइरहेको प्रवक्ता सुमनले बताए । भूमि सम्बन्धि अध्यादेशलाई आफुहरुलाई सशंकित बनाएको हु्ँदा आफुहरुको धारणा सकारात्मक नरहेको बताएका छन ।
सरकारले ल्याएको भूमि सम्बन्धि अध्यादेशमा सबैभन्दा धेरै छलफलको आवश्यकता रहेको उनले जिकिर गरेका छन ।
‘यो महेन्द्रवादी सोचले मधेशी, आदिवासी , जनजाति समुदायलाई उसकै भूमिबाट विस्थापित गरि आप्रवासनको नाउमा फेरी अर्को एउटा महेन्द्र्रीय संरचना गठन गर्ने कुत्सित प्रयास छ । त्यस प्रति हाम्रो दृष्टिकोण साकारात्मक छैन । हामी सशंकित छौ ’ प्रवक्ता सुमनले भने ।
आज बाट शुरु हुने संघीय संसदमा सरकारले ल्याएको अध्यादेश सम्बन्धि प्रतिस्थापन विधेयक प्रस्तुत गरि फास्टट्रयाक बाट पारित गराउने नीति अख्तियार गरेका छन ।
प्रतिपक्षीदलहरुले संसदमा विरोध गर्ने निति लिए पनि जसपा नेपाल अहिले प्रतिपक्षी र सत्तापक्ष कुनै तर्फ खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !