जनकपुरधाम, माघ २४ । जनता समाजवादी पार्टीले समर्थनको संकेत नगरेपछि सरकारले आज संसदमा स्वीकृतिको लागि पेश गर्ने भनिएको विधेयक बाट पछि हटेको छ ।

सत्तागठबन्धन संग प्रतिनिधिसभामा दुई तिहाई बहुमत हुँदा पनि राष्ट्रिय सभामा जसपा नेपालको समर्थन विना पास हुने अवस्था नरहेको र जसपाले समर्थन गर्ने स्पष्ट संकेत नगरेका कारण सरकार पछि हटेको बताइएको छ ।

कानून मन्त्री अजय चौरसियाले प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई भेटी आजको अध्यादेश सम्बन्धि प्रस्ताव आजको कार्यसूचिमा नराख्न आग्रह गरे पछि दुबै सदनको कार्यसूचिबाट हटाइएको छ ।

सरकारले ल्याएको अध्यादेशहरु मध्ये भूमि व्यवस्था सम्बन्धि अध्यादेशमा जसपा नेपाल विशेष चाँसो देखाइ रहेका छन । अध्यादेशबारे अध्ययन गर्न जसपा नेपालले उपाध्यक्ष राजकिशोर यादवको संयोजकत्वमा पाँच सदस्यीय कार्यदलनै गठन गरेको थियो । विभिन्न विज्ञहरुको छलफल पछि कार्यदलले आफनो प्रतिवेदन आज पार्टी अध्यक्ष एवं संसदीय दलका नेता उपेन्द्र यादवलाई बुझाएको छ ।

अध्यादेशबारे जसपा नेपालले आजै संसदीय दलको बैठकबाट निर्णय गर्ने भनिएपनि सरकार नै अध्यादेशको कार्यसूचि बाट पछि हटेपछि बैठकबाट कुनै निर्णय हुन सकेन ।

अध्यक्ष यादवले सरकार नै कार्यदेशबाट पछि हटेपछि आफुहरुले अर्को बैठकबाट निर्णय लिने स्पष्ट पारेका छन ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !