
जनकपुरधाम, २९ माघ । आजकै दिन अर्थात २०७७ माघ २९ गते आमसञ्चार प्राधिकरण मधेश प्रदेशको अध्यक्षमा नियुक्त भएको थिएँ । चार वर्षको अवधीमा न्यून श्रोत, साधन र जनशक्तिका बीच मैले कुनै कसर बाँकी नराखी पाएको जिम्मेवारी निष्ठापूर्वक वहन गर्ने प्रयास गरेँ । तथापि मानव हुँ नचाहँदा नचाहँदै गल्ती भएको होला । जिम्मेवारी वहन गरिरहँदा यहाँहरुको चित्त दुखेको भए क्षमा गरिदिनुहोला । यहाँसम्मको यात्रामा मलाई विश्वास, साथ र सहयोग गर्नुहुने आदरणीय अग्रज एवम् सहकर्मीज्यूहरुप्रति आभारी छु । पत्रकार सम्मेलनमा उपस्थित सम्पूर्ण व्यक्तित्वप्रति आभारी छु । यहाँहरुको माया यसरी नै पाई रहुँ । यहाँहरुलाई धन्यवाद् दिन मसँग शब्द छैन । आजलाई यति । सादर नमन ।









