
जनकपुरमाधाम ३० माघ धनुषाको जनकनन्दनी गाउँपालिका– ५मा कुटपिट गरी सासूको हत्या गर्ने बुहारी पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा ३५ वर्षीया रक्षाकुमारी मण्डल रहेकी छन् । उनलाई ईलाका प्रहरी कार्यालय खजुरीको टोलीले पक्राउ गरेको हो ।
घरायसी विवादमा ६५ वर्षीया समुन्द्री देवीलाई कुटपिट गरेको र घटनास्थलमै मृत्यु भएको जानकारी पाएपछि तत्कालै प्रहरी पुगेर कुटपिट गर्ने बुहारी रक्षाकुमारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले जानकारी दिए । उनका अनुसार घटना विषयमा थप अनुसन्धान भइरहेको छ ।