अर्चना यादव
धारापानी, १ फागुन । धनुषाको बीरेन्द्रबजार विकासमा अघि बढिरहेको छ । व्यापारिक केन्द्रविन्दु रहेको बीरेन्द्रबजार जिल्लाको अन्य ठाउँको तुलनामा विकासमा फड्को मार्दै अघि बढिरहेको हो ।

पछिल्लो दशकयता मात्रै सो ठाउँको विकासले गति लिएको जानकारहरु बताउँछन् । यद्यपि, बजार क्षेत्रको दृष्टिले अघि रहेतापनि समग्रमा सो ठाउँको विकासले दशकयता मात्रै गति लिएको उनीहरु बताउँछन् ।

बीरेन्द्रबजार बजारमात्रै नभएर व्यपारिक हब बन्दै गएको छ । यहाँ शिक्षा, स्वास्थ्य, यातायात, बित्तीय संस्था, बैंक लगायत विभिन्न प्रकारका वस्तुहरुको उत्पादन स्थलको रुपमा परिचित रहेको छ ।

यहाँ निजी तथा सामुदायिक विद्यालय, सुविधासम्पन्न अस्पताल, आवतजावतको सहजता, ऋणको उपलब्धता तथा व्यापारमा लगानी व्यपाकरुपमा भैरहेको छ । व्यापारीहरु सो स्थानमा लगानी गर्न डराउनु पर्ने अवस्था छैन । जुनै पनि व्यापार गर्दा राम्रै आम्दानी हुने गरेको साना तथा मझौला व्यापारीहरु बताउँछन् ।

बजारको दिनमात्रै एउटा व्यापारीले साना पसलबाट पनि राम्रै आम्दानी गर्ने गरेको छ । समग्रमा सधैंजसो व्यापार राम्रै हुन्छ ।

बीरेन्द्रबजार क्षेत्रमै ६ वटा निजी विद्यालय, एक सरकारी विद्यालय, २ वटा कमर्सियल बैंक, झन्डै आधा दर्जन लघुबित्त, एक सुविधासम्पन्न अस्पताल, मेडिसिनका थोक तथा खुद्रा बिक्रेताहरु, जुत्ता उद्योग, कापी उद्योग, पुस्तक एवं स्टेशनरीको थोक तथा खुद्रा विक्री, बचत तथा ऋण सहकारी संस्थाहरु, होटेल, सुरक्षाका लागि ईलाका प्रहरी कार्यालय, खेलकुदका क्षेत्रमा ख्यातिप्राप्त र खेलकुद मैदानको व्यवस्था भएको, आयलस्टोर्स लगायत विभिन्न वस्तु आयात र निर्यात गर्ने थोक बिक्रेताहरु छन् ।

संघीयतामा विकासको केन्द्रविन्दु मानिने स्थानीय तहको कार्यालय समेत बीरेन्द्रबजार क्षेत्रमै रहेको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !