
जनकपुरधाम, १ फागुन । समाजवादी विद्यार्थी युनियन नेपालले जनकपुरधाममा रहेका मोडेल मल्टिपल क्याम्पसमा समिति गठन गरिएको छ ।
युनियनका जिल्ला अध्यक्ष रामभगत यादवको अध्यक्षतामा भएको बैठकबाट अनितकुमार दासको नेतृत्वमा १५ सदस्यीय समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा ललितकुमार यादव र रनिकुमार दास छन् भने सचिव मनिकुमार यादव र सहसचिव राहुल शर्मा छन् । त्यस्तै कोषाध्यक्षको जिम्मेवारी राज राउतलाई दिइएको छ ।
समितिका सदस्यहरुमा राकेश ठाकुर, संगम कुमार यादव र मनि राउत लगायतका रहेका छन् । समिति गठनको अवसरमा सदस्यहरुले युनियनको उद्देश्य र अभियानलाई अझ फैलाउने प्रतिवद्धता जनाए ।