जनकपुरधाम, २ फागुन । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका भ्रातृसंगठनले प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

विद्यार्थी जनमत संघ केन्द्रीय समितिले शनिबार जनकपुरधाममा एक दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।

पार्टीका राष्ट्रिय अध्यक्ष डा. राउतको प्रमुख आतिथ्यमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आसन्न निर्वाचन सम्बन्धी विद्यार्थी नेताहरुलाई प्रशिक्षित गर्न लागेको छ । सो कार्यक्रममा विशिष्ट अतिथिको रुपमा मधेस प्रदेशका मुख्यमन्त्री माननीय सतिशकुमार सिंहको सहभागीता रहने पनि जनाइएको छ ।

विद्यार्थी संघका केन्द्रीय संयोजक पोषण यादवका अनुसार रा.रा.ब.क्याम्पस जनकपुरधाम, जन ज्योति क्याम्पस चपुर रौतहट, जे.एस. मुरारका लहान, एम.एम.ए.एम.सी. विराटनगर, सुनसरी क्याम्पस, विन्देश्वरी बहुमुखी क्याम्पस राजविराज, रामप्रताप रामप्रसाद क्याम्पस गोलबजार, सु.स.म.या.बहुमुखी क्याम्पस सिरहा, राजर्षि जनक विश्वविद्यालय जनकपुरधाम, सर्लाही क्याम्पस सर्लाही, ठाकुर राम बहुमुखी क्याम्पस वीरगञ्ज सँग सरोकार राख्ने सम्पूर्ण विद्यार्थी नेताहरुलाई प्रशिक्षण दिइने जनाइएको छ । सबै इकाईलाई फागुन १ गते नै पत्रचार गरिसकिएको पनि उनले बताए ।

सो कार्यक्रममा पार्टीका माननीय, केन्द्रीय, प्रदेश र जिल्ला लगायत सबै तहका सदस्यहरुलाई उपस्थित भैदिन आग्रह गरिएको छ । कार्यक्रम शनिबार दिउँसो १२ बजेबाट सुरु हुने संयोजक यादवले बताए ।

स्ववियु निर्वाचन निर्देशिका – २०८१ ले गरेका व्यवस्थाहरु:
१. २०० जनासम्म विद्यार्थी भएमा ५ सदस्यीय
२. २०१ देखि १००० सम्म भएमा ७ सदस्यीय
३. १००१ देखि ३००० सम्म ९ सदस्यीय
४. ३००१ देखि ५००० सम्म ११ सदस्यीय
५. ५०००१ देखि माथि १३ सदस्यीय कार्य समिति रहने व्यवस्था गरेको छ ।

यद्यपि, निर्वाचनमा अध्यक्ष, सचिव, कोषाध्यक्ष र ३ जना सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन् । त्यस्तै, ५ जना समानुपातिक सदस्यहरूबाट उपाध्यक्ष १, सहसचिव १ र ३ जना सदस्य चुनिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !