
जनकपुरधाम, फागुन ५ । जनकपुरधामबाट अवैध लाखौं रुपैयाँ बरामद गरिएको छ । जनकपुरधाम–८ का न्यू अनुष्का ट्रेडर्स मनि ट्रान्सफरबाट ४७ लाख ८४ हजार ६ सय ३५ रुपैयाँ बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषामा आज गरिएको पत्रकार सम्मेलनमा जनकपुरधाम–८ बस्ने गौरी शंकर साहको २६ बर्षीय छोरा जेनिस कुमार साहलाई पक्रागरि थप अनुसन्धान भई रहेको जानकारी दिइएको थियो ।
त्यस्तै भारतबाट १० लाख रुपैयाँ ल्याई रहेको अवस्थामा प्रहरीले जनकपुरधाम–८ बाट विहार राज्यको सितामढी जिल्ला थाना परिहार ग्राम पंचायत बराही–३ सहसराम बस्ने रामचन्द्र नायकका छोरा ४२ बर्षीय जामुन नायकलाई समेत नियन्त्रणमा लिएको छ ।
यस्तै धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका १ बालुवा खोला स्थितमा लागू औषध खैरो हिरोईन बिक्री बितरण भएको गोप्य सूचनाको आधारमा सो ठाउबाट प्रदेश २–०२–००४ प ९०३७ नम्वरको मोटरसाइकल सहित सोही ठाउँ बस्ने ३२ बर्षीय राजेश यादवको गोजप्ीबाट ३९.१९० (३९ग्राम १९० मिलिग्राम) फेला पारेको र उनलाई पनि नियन्त्रणमा लिई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी भूबनेश्वर तिवारीले जानकारी दिएका छन् ।
त्यस्तै गणेशमान चारनाथ नगरपालिका–७ बाट पनि लागू औषध सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका–२ बस्ने मो. ईसराफुल राईनको २० बर्षीय छोरा असफाक राईन र युनिस अलिको २३ बर्षीय छोरा मो. सलमत अली रहेको छ । दुवै जना सवार मोटरसाइकल प्रदेश २–०१–००२ प ५३५३ नम्बरको मोटरसाइकल सहित आवश्यक अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालयमा राखि थप अनुसन्धान भई रहेको छ ।