जनकपुरधाम ९ फागुन । सरकारसँग विभिन्न मागराखि चिकित्सकहरुले संघर्ष समिति गठन गरेका छन ।महाेतरीकाे रामगाेपालपुर नगरपालिकाकाे सभाहलमा आयोजित कार्यक्रमबाट संघर्षसमितिकाे गठन गरिएकाे स्वास्थ्यकर्मी रविचन्द्र प्रसाद यादवले बताएका छन । स्थानिय सेवा गठन तथा संचालन ऐन २०८१तथा प्रदेश लाेक सेवा आयोग जनकपुरकाे २०८१/९/२८राय परामर्श पत्रअनुसार छैठौं तहमा स्तर वृद्धि हुनबाट बंचित गरेकाेले संघर्ष समिति बनाइ आन्दाेलन गरिने संघर्ष समितिले बताएका छन । जिल्लाकाे रामगाेपालपुर नगरपालिकाकाे सभा हलमा जिल्ला संघर्ष समितिका रमेश्वर प्रसाद यादवकाे संयोजकत्वमा कार्यक्रमकाे आयोजना गरिएकाे थियाे ।कार्यक्रममा स्तर वृद्धि हुनबाट बन्चित भएका सि अहेव ,सि अनमि चाैथाे तथा पाँचाै तहकाे जिल्ला भरिका स्वास्थ्यकर्मीहरु सहभागी हुनुका साथै प्रदेश स्तरीय संघर्ष समितिका संयाेजक माेहन साह,सह संयाेजक रुबी यादवलगायत अन्यहरुकाे उपस्थिति रहेका थिए ।गृह संचार तथा कानुन मन्त्रीबाट प्राप्त अश्वासनकाे अधारमा प्रदेश सभा बैठक संचालनकाेबेला हाम्राे माग सम्बाेधन न भएमा चरणबद्व आन्दाेलन गरिने चेतावनी संघर्ष समितिका संयाेजक रमेश्वर प्रसाद यादवले दिएकाे छ ।
सरकारले सम्बोधन नगरेमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने र संघर्षका कार्यक्रम गर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।सरकारले हामीहरू कुनै वास्ता नगरेकाेले संघर्ष समिति बनाएर आन्दोलनका कार्यक्रम गर्न बाध्य भएका संयाेजक यादवले बताएका छन ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !