धारापानी, १२ फागुन । धनुषाको धनुषाधाम नगरपालिकाले धनुष धर्मशाला ओगटेपछि त्यहाँ आउने पर्यटकले सास्ती भोग्नु परेको छ । विगत झन्डै ८/९ वर्षदेखि त्यहाँ नगरपालिकाको कार्यालय रहेको छ ।

यहाँका मेयरका बदमासीका कारण धर्मशाला ओगटिएको नेकपा माओवादीका नेता दीपक यादवले जनाए । उहाँहरुले चाहनुभो भने छिट्टै नगरपालिकाको कार्यालय आफ्नै नवनिर्मित भवन सार्न सकिन्छ । यद्यपि उहाँहरुले त्यो चाहनु भएको छैन, नेता यादवको आरोप छ ।

धनुष धर्मशालाबाट कार्यालय आफ्नै भवनमा सार्न नेता यादवले मुख्य मागको रुपमा अघि सारेका छन् । धर्मशाला व्यवस्थापनमा मेयर बालेश्वर मण्डल अग्रसर भई त्यहाँ आउने पर्यटकका बासस्थानका लागि सहज वातावरण बनाउन नेता दीपक यादवले आग्रह गरेका छन् ।

देशभरिमै नगरपालिकाको कार्यालय निर्माण हुने क्रममा धनुषाधाम आगाडि रहेपनि हालसम्म आफ्नो भवन कार्यालय नसार्दा धनुषाधाममा आउने पर्यटकहरुको संख्यामा कमी आउन थालेका छन् ।

प्छिल्लो समय यहाँका मेयर र उपमेयरले कमीशनमुखी विकासमा मात्रै केन्द्रीत भएको महसुस गर्न सकिन्छ । कारण हो, नगरपालिका आफ्नै भवनमा जान नसक्नु । झन्डै ७/८ वर्षदेखि निर्माण थालिएको नगरपालिकाको भवन अझै अधुरो छ । निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।

नेकपा माओवादी केन्द्रका नेता दीपक सहितका नेता कार्यकर्ताहरु फागुन ११ गतेदेखि नगरपालिकामा धर्नामा समेत बसेमा छन् ।

पूर्व निर्धारित कार्यक्रमअनुसार नगरपालिका भवन, धर्मशाला व्यवस्थापन लगायतका मागअनुसार उनीहरु धर्नामा बसेका छन् ।

स्थानीय तहको दुई पटकको निर्वाचनमा मेयर बालेश्वर मण्डल र उपमेयर विद्यादेवी भुजेल छन् । उनीहरु नेपाली काँग्रेसबाट बिजय भएका छन् ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !