
जनकपुरधाम, १३ फागुन । जनकपुरधामको जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटलले विरामीहरुलाई सहजरुपमा सुलभ तरिकाले सुविधायुक्त सेवा दिइरहेको छ ।
डा. सुरेन्द्र यादवले सञ्चालन गरेको सो हस्पिटल पछिल्लो समय जनकपुर र आसपासका क्षेत्रका विरामीहरुका लागि आकर्षणको केन्द्र बनेको छ ।
अस्पतलले प्रदान गर्ने सबैखालका सेवाहरु दिँदै आइरहेको उक्त हस्पिटलमा विशेषज्ञ डाक्टरहरुको समूहले विरामीहरुलाई जाँचपर्ताल गरिरहेका छन् ।
सबै विभागमा विशेषज्ञ डाक्टरहरु उपलब्ध छैन । सञ्चालक डा. यादव भन्छन्, ‘जनकपुरधाम र आसपासका क्षेत्रका विरामीहरुलाई गुणस्तरीय र सुविधायुक्त सेवा प्रदान गर्नु यो अस्पतालको मुख्य विशेषता हो ।’
जनकपुरधामको बजरंगचोकदेखि करिब २ सय मिटर पूर्वमा अवस्थित जानकी हेल्थ केयर सरकारले तोकेका सबै नियम र प्रक्रिया पूरा गरी सञ्चालनमा रहेको छ ।
मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहको अनुगमनले ब्लाकलिस्टमा परेका सूचीमा यो अस्पताल परेको छैन । सबै प्रक्रिया पूरा गरी सञ्चालनमा आएकाले विरामी र उनका परिवारहरुको रोजाइमा यो अस्पतालले प्राथमिकता पाएको छ ।