जनकपुरधाम, १४ फागुन । विभिन्न चर्चाका बिच युवा नेता प्रशान्त झा लोसपाकै थप एक जिम्मेवारीमा नियुक्त गरिएका छन् । उनी अन्य पार्टीहरुमा जाने चौकको हल्लाका बिच उनी लोसपामा अडिग रहने भएका छन । उनलाई पार्टीले जनकपुरधामको नगर सचिवमा नियुक्त गरेको छ ।

यस अघिको राराब स्ववियूको निर्वाचनमा लोकप्रिय मतका साथै निकटतम बनेका विद्यार्थी नेता समेत रहेका प्रशान्त जनकपुरधामको समाजिक र राजनितिक गितिविधीमा सक्रिय युवाका रुपमा परिचित छन् । उनको कहिले एमाले त कहिले अर्को पार्टीमा जान सक्ने चर्चा थियो ।

तर उनको पार्टी लोसपाले उनलाई नगर सचिवको जिम्मेवारी सुम्पिदिएपछि हल्ला निराधार सावित भएको छ । उनी सुरु देखि राजपा हुदै लोसपाको युवा नेताको रुपमा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !