
कास्की १७ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सरकारले ल्याएका सबै अध्यादेश संघीय सदनका दुवै सदनबाट पारित हुने बताएका छन् । अध्यादेशहरू राष्ट्रको हितलाई केन्द्रमा राखेर ल्याइएकाले पारित हुने उनको विश्वास छ ।
पोखरामा रहेको हिमालय आँखा अस्पतालको ३२औं वार्षिकोत्सवको शनिबार उद्घाटन गर्दै उनले सुशासन प्रवद्र्धन र सार्वजनिक सेवालाई प्रभावकारी बनाउने गरी सरकारले अध्यादेश ल्याएकाले पारित हुने विश्वास व्यक्त गरे ।सरकारका प्रवक्तासमेत रहेका गुरूङले विकासको जनअपेक्षा पूरा गर्न सरकारले तत्काल केही ऐन संशोधन अत्यावश्यक ठाकेकाले अध्यादेश ल्याएको र ती अध्यादेश संघीय सदनका दुवै सदनमा प्रस्तुत भइसकेको बताए ।सरकारले राम्रो काम गर्नका लागि ल्याएका सबै अध्यादेश संघीय सदनका दुवै सदनबाट पारित हुन्छन् भन्नेमा म विश्वस्त छु । किनभने, हामी सबैलाई आखिर चाहिएको जनताको हित नै त हो,’ उनले भने ।उनले शिक्षा स्वास्थ, अर्थतन्त्र सबै क्षेत्र तहसनहसको अवस्था देखेपछि सरकारले सुधारको योजनासहित अध्यादेशबाट कानुन संशोधन गरेको दावी गरे । ‘स्वास्थ्य क्षेत्र अस्तव्यस्त छ, शिक्षा क्षेत्र त्यस्तै छ । आर्थिक क्षेत्र त्यस्तै छ । अस्तव्यस्तताभित्र सुधार कसरी गर्न सकिन्छ भनेर अध्यादेश ल्याएको हो,’ उनले भने ।सदनबाट नियमित समयमा ऐन निर्माण गर्न धेरै समय लाग्ने गरेको हुनाले सरकारले अध्यादेशको बाटो समात्नु परेको उनको भनाइ थियो एकैपटक धेरै सुधार गर्नुपर्ने देखिएकाले संवैधानिक प्रावधानअनुसार नै अध्यादेश ल्याइएको हो । हामीलाई के अनुभव छ भने संसद्बाट एउटा विधेयक पास गर्न पाँच वर्ष लाग्यो । सुशासन कायम र सार्वजनिक सेवालाई प्रभावकारी बनाउन १२ कानुन संशोधन गर्न आवश्यक छ । संशोधन नगरिकन सुशासन हुँदैन, सार्वजनिक सेवा प्रवाह प्रभावकारी तत्कालै गर्नुपर्दछ । अध्यादेश पास हुन्छ, पास गराउनु पर्दछ ।’