जनकपुरधाम, १७ फागुन  जनकपुरधाममा जारी BYD अन्तर स्कुल क्रिकेट प्रतियोगिताको आज उद्घाटन खेलमा जनकपुर पव्लिक स्कुलले शिशु प्रज्ञा सदनलाई ९ रनले पराजित गरेको छ । टस जितेर पहिले व्याटिङ्ग गर्न आएका जनकपुर पव्लिक स्कुलले सवै विकेट गुमाएर एक सय १० रनको योगफल तयार पारेका थिए ।

जनकपुर पव्लिककालागि ओम यादव सर्वाधिक ३८ र रिजवान राइनले ९ रनको योगदान दिएका थिए । शिशु प्रज्ञा सदनकालागि शिवम ठाकुर तीन र दिव्यान्सु मिश्रले २ विकेट लिन सफल भएका थिए ।

एक सय ११ रनको लक्ष्य लिएर व्याटिङ्ग गर्न आएका शिशु प्रज्ञा सदन एक सय एक रनमा अल आउट भएको थियो । शिशु प्रज्ञा सदनकालागि दिव्यान्सु मिश्रले ३५ र आकाश शर्माले १० रनको योगदान गरेका थिए ।

जनकपुर पव्लिककालागि आदित्य यादवले चार र करण यादवले २ विकेट लिन सफल भएका थिए ।

खेलको म्यान अफ दि म्याच आदित्य यादवलाई प्रदान गरिएको थियो ।

त्यस्तै भोली विहान मिट स्कुल र हिमाली स्कुल विच विहान ९ बजे खेल हुने छ भने दिउसो अन्नपूर्ण स्कुल र एर्रे इन्टरनेशनल स्कुल बीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !