
काठमाडौं, १८ फागुन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारमा सहभागी दलका नेता र तिनका परिवारको सदस्यहरु नै ठूला–ठूला भ्रष्टाचार काण्डमा संलग्न रहेको प्रमाण भेटिँदा पनि त्यसविरुद्ध सरकार मौन बसेको आरोप लगाएका छन् ।
पार्टीको आजबाट सुरु भएको केन्द्रीय समितिको बैठकम अध्यक्ष यादवले पेश गरेको राजनीतिक, संगठनात्मक प्रतिवेदन तथा प्रस्तावमा यादवले विभिन्न काण्डमा सत्तारुढ दलका नेता मुछिँदा पनि कारबाही नभएको कुरा उल्लेख गरेका छन् ।
उनले भनेका छन् ‘सरकारमा सहभागी दलका नेता र तिनका परिवारको सदस्यहरु नै ठूला–ठूला भ्रष्टाचार काण्डमा संलग्न रहेको प्रमाण भेटिदा पनि त्यसविरुद्ध सरकार मौन छ । सरकार पूर्वाग्रही हिसाबले एउटै अपराध अन्तर्गत कसैलाई काखा र कसैलाई पाखा गरी प्रतिशोधपूर्ण कार्य गरिरहेको छ’ ।
उपेन्द्रले वर्तमान सरकारले दुई दलीय व्यवस्थाको लागि वकलत गर्न लागेको र साना दलको अस्तित्व नामेट पार्ने प्रयास गरेको आरोप लगाएका छन् । उनले ओली नेतृत्वको सरकारले आयु लम्ब्याउने खेल खेलेको टिप्पणी गरेका छन् ।
उनले भनेका छन् ‘केपी शर्मा ओली नेतृत्वको सरकारको आयु लम्ब्याउन जालझेल गर्ने, अरु दललाई कमजोर बनाउने नीति लिएको पाइन्छ । सरकारले दुई दलीय व्यवस्था कायम गर्न ल्याउने भनिएको थ्रेसहोल्ड बढाउने सम्बन्धी विधेयक त्यसैको एउटा ज्वलन्त उदाहरण हो । भविष्यमा ठूला दलहरु मात्र हुने, साना दलहरुलाई समाप्त पार्ने नीति लोकतान्त्रिक मूल्य र मान्यताको विपरित मात्र नभई संविधानमा उल्लेखित बहुदलीय शासन प्रणालीको पनि विपरित रहेको छ’ ।
उपेन्द्रले संसदीय इतिहासमा विरलै देखिने संसदको पहिलो र दोस्रो प्रमुख पार्टी मिलेर सरकार बनेको पाइने
र सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा ९एमाले० ले गठबन्धन गरी सात बुँदे सहमतिको जगमा केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गरेको तर, सरकार गठन पश्चात मुलुकमा सुशासन, समृद्धि र विकास गर्नुभन्दा बढी कोरा नारामा मात्र सिमित रहेको देखिन्एको आरोप लगाएका छन् ।
उनले सरकारप्रति जनतामा नैरास्यता बढ्दो रहेको भ्रष्टाचार नियन्त्रण गर्न नसक्नु, सुशासन कायम गर्न नसक्नु र आर्थिक विकास गरी समृद्धि प्राप्त गर्ने सरकारको कुनै ठोस नीति