
काभ्रे , १८ फागुन । काभ्रेपलाञ्चोकको खानीखोलामा आमामाथि चिर्पट प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खानीखोला गाउँपालिका-५ का २८ वर्षका विकास भुजेल रहेका छन् ।उनले आज (आइतबार) साँझ ५ बजे ५० वर्षीया आमा सुनमाया भुजेललाई चिर्पटले टाउकोमा प्रहार गरेका थिए ।सुनमायाको कानमाथि टाउकोमा चोट लागेकोमा उपचारको लागि प्राथामिक स्वस्थ्य केन्द्र तालढुङगामा लगिएको जिल्ला प्रहरी प्रमुख बशुन्धरा खड़काले बताइन् ।उनका अनुसार आमालाई चिर्पट प्रहार गरेर घरबाट निस्किएका विकासले गाउँपालिकामा कार्यरत नगर प्रहरी खानिखोला ५ का ३० वर्षीय पाल्साङ लामालाई गाउँपालिका गेट अगाडि छुरा प्रहार गरी घाइते बनाए थिए। उनको छाती र ढाडको बायाँ पट्टि चोट लागेको छ।उनलाई उपचारको लागि धुलिखेल अस्पताल ल्याइएको गरेको जिल्ला प्रहरी प्रमुख खड़काले बताइन् ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।