मठियानी, १९ फागुन । मिथिला मध्यमा परिक्रमाका श्रद्धालु भक्तजनहरूको सुविधाका लागि नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपाल धनुषाको संयुक्त आयोजनामा स्वास्थ्य शिविर (हेल्पडेस्क) सोमबार (आज) जलेश्वरमा सञ्चालन गरिएको छ । सो शिविर हेल्पडेस्क आइतबार मठियानीमा सञ्चालन गरिएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष डा राजीव झा सहित कार्यक्रम संयोजक दिपक यादव, रास्ट्रीय मुक्ति पार्टी का नेता बिनोद कुमार ठाकुर, क्लोथ बैंक नेपालका धनेश्वर ठाकुर, कृष्ण कुमार साह र खुला सिमा संवाद समुहका मधुवनी प्रतिनिधि बिपिन झाको प्रमुख उपस्थिति रहेको थियो ।

शनिबार मध्यान्ह १२ बजे देखि सञ्चालन भएको शिविरमा २ हजार भन्दा बढी श्रद्धालुहरूले औषधि लिएका छन् । त्यस्तै, ३ सय भन्दा बढी हराएका व्यक्तिहरूको खोजतलासका लागि माइकिङ गरिएको थियो ।

शिविरमा पानी, चिया वितरण र व्यवस्थित यात्राका लागि सयौं तीर्थयात्रीहरूलाई काउन्सिलिङ गरिएको हेल्पडेस्कका संयोजक दिपक यादवले जनाए ।

नेपाल–भारतको ऐतिहासिक र पौराणिक सम्बन्ध परिक्रमाको महत्त्व तथा खुला सिमाको अपरिहार्यता र अनिवार्यतामाथी नेपाल–भारत खुला सिमा संवाद समुहका अध्यक्ष डा राजीव झाले प्रकाश पारेका थिए ।

हेल्पडेस्कको यो सेवा परिक्रमाका क्रममा अन्य बासाहहरु मडै, ध्रुबकुण्ड, कंचनबन, पर्बता, धनुषाधाम, औरही लगायतका स्थानहरुमा पनि निरन्तर जारी रहने क्लोथ बैंकका धनेश्वर ठाकुरले बताए ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !