जनकपुरधाम, १९ फागुन  । जनकपुरधाम उप महानगरपालिका वडा नम्वर एकका पूर्व वडाध्यक्ष शत्रुधन साह पक्राउ परेका छन् । लेनदेन मुद्दामा उनलाई आज जनकपुरधामबाटै पक्राउ गरिएको छ ।

जनकपुरधाम उप–महानगरपालिका वडा नम्वर ५ बस्ने धर्मेन्द्र साहसंगको लेनदेन मुद्दामा उनलाई जिल्ला अदालत धनुषाबाट दुई वर्ष कैदको फैसला सुनाइएको थियो । उनलाई अदालतबाट पक्राउ पूर्जी जारी भए पछि आज पक्राउ गरिएको छ ।

पूर्व वडाध्यक्ष साह जग्गा खरिदबिक्रीमा उनी संग पैसा लिएर नत जग्गा नै दिए नत पैसानै पछि उनी विरुद्ध अदालतमा मुद्दा दायर भए पछि अदालतले उनलाई पक्राउ गर्न आदेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !