पाल्पा, २० फागुन । पाल्पामा बुवा र दिदीको कुटपिटबाट एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बगनासकाली गाउँपालिका–२, पोखराथोकका ३९ वर्षीय यज्ञबहादुर कुमाल रहेको प्रहरीले जनाएको  छ ।यही फागुन १५ गते घरायसी विषयमा तीन जनाबीच झगडा भएको थियो । आपसी झैझगडा हुँदा ६३ वर्षका बुवा शेरबहादुर र ४५ वर्षकी दिदी देवी कुमालले यज्ञबहादुरलाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।बुवा र दिदीको कुटाइबाट बेहोस भएका यज्ञबहादुरलाई श्रीमतीले उपचारका लागि तानसेनस्थित मिसन अस्पताल पुर्‍याएकी थिइन् । अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए ।कुटपिट गर्ने बुवा र दिदीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !