जलेश्वर, २० फागुन । महोत्तरीको मठिहानी स्थित राष्ट्रिय संस्कृत माध्यमिक विद्यालयका एक छात्रलाई निर्घात कुटपीट गरेको भन्दै विद्यालयका प्रधानाध्यापक इश्वरी पौडेललाई कारवाहीको माग गरिएको छ ।सर्लाही जिल्लाको रामनगर गाउँपालिका ३ बस्ने सतिश ठाकुरको १७ बर्षीय छोरा शिवकुमार ठाकुरलाई प्रधानाध्यापक पौडेले निर्घात कुटपीट गरेको भन्दै कारवाहीकोलागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी पेस गरिएको छ ।पैसा चोरीको विषयमा आरोपिलाई सम्झाएको निहुँमा प्रधानाध्यापक पौडेलले आपूmलाई कुटपिट गरेको सो उजुरीमा उल्लेख छ । उनले दिएको उजुरीमा विद्यालयबाट निष्काश गरिदिने धम्की प्रधानाध्यापक पौडेलले समेत सो विद्यार्थीलाई दिएको उल्लेख गरेका छन् ।

उनले प्रधानाध्यापक पौडेल र शिक्षक हिमाल अधिकारीले संस्कृत विद्यालयमा पढ्ने छात्रछात्रालाई धाकधम्की समेत दिने गरेको सो उजुरीमा उल्लेख गरिएको छ ।

कुटपिट बाट गम्भीर घाइते भएका ठाकुरको उपचार जारी रहेको परिवारजनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !