
जनकपुरधाम २० फागुन । जनकपुरधाम उप महानगरपालिका १ का पूर्व वडाध्यक्ष शत्रुधन साह दुई वर्षका लागि जेल जाने भएका छन् ।
लेनदेन मुद्दामा साह जिल्ला अदालत धनुषाले दुई वर्ष जेलको सजाय सुनाएको छ । अदालतकै आदेशले साहलाई सोमवार जनकपुरधामबाटै पक्राउ गरिएको छ ।
जनकपुरधाम उप–महानगरपालिका का ५ का धर्मेन्द्र साहसंगको लेनदेन मुद्दामा पूर्व वडाध्यक्ष साहलाई अदालतले सजाय सुनाएको बुझिएको छ ।
साह जग्गा कारोबार पनि गर्दै आएका थिए । जग्गा बापत रकम लिएका वडिध्यक्ष न जग्गा दिए न रकम फिर्ता गरेपछि पीडित धर्मेन्द्र अदालत पुगेका थिए ।