पर्सा, २० फागुन ।  राष्ट्रिय मुक्ति पार्टी नेपालमा आज पूर्व संविधान सभा सदस्य एवं आम जनता पार्टीका केन्द्रीय सचिव माननीय इस्लाम हवारी प्रवेश गरेका छन् । पर्सा जिल्लामा आयोजित विशेष कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री माननीय राजेन्द्र महतोको हातबाट हवारीले औपचारिक रूपमा पार्टीको सदस्यता ग्रहण गरेको छ ।

कार्यक्रममा माननीय इस्लाम हवारीसँगै अन्य दर्जनौँ नेता तथा कार्यकर्ताहरू पनि राष्ट्रिय मुक्ति पार्टी नेपालमा प्रवेश गरेका छन् । यस अवसरमा पार्टीका केन्द्रीय सदस्य अनिरुद्ध कलवार लगायत नेताहरूको उपस्थिति रहेको थियो । अध्यक्षता पर्सा जिल्ला अध्यक्ष राजेश साहले गरेका थिए l

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !