जनकपुरधाम २० फागुन  । मुक्त हरवाचरवाहाको न्यायिक पुनर्स्थापनाका माग सहित मंगलवार जलेश्वर नगरपालिकाका नगर प्र्मुख सुरेह साह सोनार समक्ष ज्ञापनपत्र बुझाइएको छ । “मुक्त हरवाचरवाहाको न्यायिक पुनर्स्थापना हाम्रो सरोकार ।शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार” भन्ने मुल नाराका साथ मधेश प्रदेशका ८ वटै जिल्लाका ३२ पालिकाहरुमा मुक्त हरवाचरवाहाको न्यायिक पुनर्स्थापना का माग सहित जागरण अभियान फागुन १८ गते देखि शुरु भएको छ । सोही अन्तर्गत पालिका स्तरिय हरवा चरवाहा अधिकार मंच जलेश्वरले ज्ञापनपत्र मार्फत आफ्नो माग पालिका प्रमुखलाई बुझाएको उपाध्यक्ष सिता सदाले बताइन् ।हरवा चरवाहाको न्यायिक पुनर्स्थापना को माग राखी मधेस प्रदेशका विभिन्न पालिकालाई ज्ञापनपत्र बुझाएको महोत्तरी जिल्ला सहजकर्ता ममता बिश्वकर्माले जानकारी दिइन् । यसै गरि मधेस प्रदेशमा शुरु भएको जागरण अभियान अन्तर्गत पर्साको पकहा मैनपुर , बाराको करैयामाइ , रौतहटको बृन्दाबान , र सिरहाको औरही पालिकाहरुमा ज्ञयापन पत्र बुझाएको हो ।पर्साको पकहा मैनपुरमा मुक्त हरवा चरवा कमिटीको केन्द्रिय सदस्य खुबलाल रामको नेतृत्वमा गएको टोलिले प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहलाइ ज्ञापनपत्र बुझाउदै संघ र प्रदेश सरकारसंगको समनवयमा स्थानीय सरकारद्धारा मुक्त हरवाचरवाको वास्तविक तथ्यांक संकलन गरी उनीहरूलाई बर्गिकृत परिचय पत्र प्रदान गरिनुपर्ने, मुक्त हरवाचरवाको शिक्षा, स्वास्थ्य र रोजगारीको अधिकार सुनिश्चित गर्नु पर्ने र लैंङ्गिक भेदभाव बिना सबैलाई समान र उचित ज्याला सुनिश्चित गरिनुपर्ने माग गरेको छ ।प्रेषित ज्ञापन पत्रमा आगामी आर्थिक बर्षको निति,कार्यक्रम र बजेटमा हरवाचरवाहाको पक्षमा निति,कार्यक्रम र बजेट बिनियोजन गरिनुपर्ने र हरवाचरवाहाको पहिचान,परिचयपत्र र पुनःस्थापनाका लागी स्थानिय तहबाट कार्यबिधि निर्माण गरिनुपर्ने लगायतका मागहरु गरिएको कमिटीका जिल्ला अध्यक्ष अमरदेव पासवानले बताए ।त्यस्तै बाराको करैयामाइमा झगरु पासवान , रौतहटको बृन्दाबनमा दसरथ राम र सिरहाको औरहिमा श्यामसुन्दर सदाको अगुवाइमा ज्ञयापन पत्र बुझाइएको रौतहट जिल्ला सहजकर्ता सुबासहेब पासवानले बताए।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !