
जनकपुरधाम, २१ फागुन । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहले कानुन विपरीत मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्टार हटाएका छन् ।
कृषि विश्व विद्यालयका कुलपति समेत रहेको मुख्यमन्त्री सिंहले कानुन विपरीत मंगलबार मध्यरातमा मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. महादेव महतो र रजिष्ट्रार डा. भगवान ठाकुरलाई बर्खास्त गरेका छन् ।
तर, मधेश प्रदेशका तत्कालीन मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले बनाएका कानुन अनुसार उपकुलपति र रजिष्ट्रारलाई हटाउन नहुने उल्लेख रहेको बताएका छन् । उनले भने–‘उपकुलपति र रजिष्ट्रारलाई हटाउन न्यायपरिषद् गठन हुनुपर्ने, मागे बमोजिमको जवाफ नआएपछि कानुन बमोजिम कारवाही हुनेछ तर, एक्कासि मुख्यमन्त्रीले हटाउन नसक्ने प्रावधान छ ।’मधेश कृषि विश्व विद्यालयका पाचौं विश्वविद्यालय सभा मंगलबार जनकपुरधाममा थियो तर, त्यसमा मुख्यमन्त्रीलाई नबोलाएपछि आवेगमा आएर यस्तो निर्णय लिएको हुन सक्ने अनुमान गरिएको छ । कृषि विश्व विद्यालयमाथि मुख्यमन्त्रीको मात्रै नभई उनी आवद्ध पार्टीको नै बक्र दृष्टि रहेको सप्तरीबासीको भनाई छ ।तत्कालीन शिक्षा मन्त्री घाइते भएपछि मधेश प्रदेश सभाले नै छानबीन समिति गठन गरेका थिए त्यो छानवीन समितिको प्रतिवेदन अहिले सम्म सार्वजनिक गरिएको छैन् ।जनमत नेतृत्वको मधेश प्रदेश सरकारले कृषि विश्वविद्यालय सञ्चालनकालागि कुल १० लाखको बजेट विनियोजन गरेको छ त्यसमा पनि आर्थिक कारोवार विगत ७ महिना देखि बन्द गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्रीले मंगलबार मध्यरातमा गरेको कानुन विपरीतको निर्णयले मधेश प्रदेशको शिक्षा अवस्थामा ठूलो असर पर्ने र सयौं विद्यार्थीको भविष्य अन्योलमा परेको देखिन्छ ।