
जनकपुरधाम, २१ फागुन । मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोज यादवले पत्रकारहरुकै कारण आफू डिप्रेशनमा जान लागेको र पत्रकारहरुले योजना माग गरेको आरोपले जनकपुरधामका पत्रकारहरुमा खैलाबैला मचेको छ ।मैथिली विकास कोषमा हिजो आयोजित प्रादेशिक ललितकला प्रदर्शनी कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री यादवले पत्रकारहरुले योजना माग गरेको, विज्ञापनकालागि दवाव दिने गरेको नदिए समाचार लेख्ने धम्की दिएको जस्ता आरोप लगाएका थिए । पत्रकारहरु ठेक्केदार भइ सकेको उनको गुनासो थियो । उनले भने नाम चाहि किटान गरेनन् ।
जसले धनुषाका पत्रकारहरु एकदम्मै आक्रामक देखिएका छन् । यहाँका पत्रकारहरुले नाम किटान गर्न मन्त्री यादवलाई दवाव दिएका छन् ।
तर, नेपाल पत्रकार महासंघ धनुषा शाखाको चुप्पीले सम्पूर्ण पत्रकार भने बदनाम हुने भएको छ । नेपाल पत्रकार महासंघले यस बिषयमा अहिले सम्म केही बोल्न सकेको छैन् ।नेपाल पत्रकार महासंघ धनुषा शाखाका पूर्व अध्यक्ष अनिल मिश्रले पत्रकार महासंघले मन्त्री यादव संग जवाफ माग्नुपर्ने माग गरेका छन् । पत्रकारको कुरा आए पछि महासंघले स्टेप उठाउनुपर्ने उनले बताए । एक आधको कारणले सम्पूर्ण पत्रकार नै बदनाम हुन थालेपछि पत्रकार महासंघले मन्त्री यादव संग जवाफ पनि माग्न नसक्नु कमजोर नेतृत्व रहेको स्पष्ट भएको पूर्व अध्यक्ष मिश्रको भनाई छ ।
उनले भने–‘नेपाल पत्रकार महासंघका अध्यक्षले मन्त्री संग जवाफ माग्नुको सट्टा उनले बोलेको भिडियो समाजिक सञ्जालमा राख्नु र मन्त्री संग जवाफ माग्न नसक्नुले महासंघको नेतृत्व असक्षम रहेको स्पष्ट हुन्छ ।
पूर्व अध्यक्ष मिश्रले महासंघका अध्यक्ष पुरन गुप्ताले नै विचौलीया खटाएको, कार्यालय कार्यालय गएर लाइभ माग्ने गरेकाले मन्त्री यादवले उनलाई नै लक्षित गरेको हुन सक्ने बताए ।नेपाल पत्रकार महासंघ धनुषाका सदस्य घनश्याम मिश्रले पत्रकार महासंघका अध्यक्षले जवाफ नदिए पछि सधारण सदस्य नरहने गरी राजिनामा दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–‘अध्यक्ष भएपछि फेन न उठाउने चलन छ रे…मधेशमा । मन्त्रीले पत्रकारलाई लाञ्छना लगाए पनि विज्ञप्ति जारी भएन, केहो अध्यक्ष जी, दल मे कुछ हे की…. ।’ उनले अगाडि लेख्छन्–‘म पत्रकारिताबाट सन्यास लिन्छ’ तर आरोपलाई प्रमाणित गरेर छोड्छु ।’प्रेस मञ्च नेपाल मधेश प्रदेशका अध्यक्ष अभरेन्द्र यादवले मन्त्री यादवको अभिव्यक्ति गैर जिम्मेवार रहेको आरोप लगाएका छन् । उनले आफ्नो भ्रष्टाचारी लुकाउन मन्त्रीको अभिव्यक्ति आएको टिप्पणी गरे । उनले भने–‘यस्तो यस्तो आरोप लगाएर पत्रकारहरुलाई बदनाम गर्ने, पत्रकार मन्त्रालय रिपोर्टिङ्ग गर्न आउन छाड्ने अनि मनपर्दी गर्ने हिसावको अभिव्यक्ति छ ।