जनकपुरधाम, २१ फागुन । स्वास्थ्य क्षेत्रमा वाहवाही कमाएका मधेस प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहको नजर आफ्नै घरअगाडि रहेका खाल्डोमा परेन ।

पछिल्लो समय प्रदेशमा रहेका निजी अस्पतालहरुमा अनुमनसँगै निगरानी बढाएका मुख्यमन्त्री सिंहको कार्यालयअगाडि रहेको सडकमा खाल्डाखुल्डी रहेको छ ।

बुधबार ई रिक्सा मजदुर संगठनका अध्यक्ष विरेन्द्र महतोले धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीलाई ज्ञापनपत्र बुझाउँदै त्यसबारे जानकारी गराएका छन् ।

अध्यक्ष महतोले स्थानीय सरकार, प्रदेश सरकार र रेल्बे विभागसँग जवाफसमेत माग गरे । उनले भने, ‘मुख्यमन्त्री कार्यालयअगाडि रहेका खाल्डाखुल्डीमा कसैको ध्यान किन पुग्दैन ? प्रश्न तेर्स्याए ।’

त्यहाँ रहेका खाल्डाखुल्डी ई रिक्सा मजदुर संगठन पुरेका छन् । अब उपरान्त पनि त्यहाँ रिक्सा दुर्घटना हुने गरी बाटो बिग्रिएमा सम्बन्धित निकायले नबनाए संगठनले चर्को आन्दोलन गर्ने चेतावनी समेत दिए ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !