जनकपुरधाम २३ फागुन । नेपाली महिला कबड्डी टिमले इरानमा भइरहेको छैटौं एसियन महिला कबड्डी च्याम्पियनसिपमा कांस्य पदक प्राप्त गरेको छ ।

च्याम्पियनसिपको सेमिफाइनलमा मनमती विष्टको कप्तानीमा रहेको नेपाली टिम भारतसँग ५६-१८ ले पराजित भएको हो ।सेमिफाइनलमा पराजित भएपनि नेपालले कांस्य पदक प्राप्त गरेको अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्द झाले जानकारी दिए ।सन् २००५ मा भारतबाटै सुरु भएको च्याम्पियनसिपको दुई दशकमा नेपालले पहिलोपटक मेडल जितेको हो । यसअघि नेपाली महिला टोलिले सन् २०२३ मा चीनको हान्झाउमा भएको १९औं एसियाडमा कांस्य पदक नै जितेको थियो ।अर्को सेमिफाइनलमा इरानसँग पराजित भएको बंगलादेशले पनि नेपालसँगै कांस्य पदक जितेको छ । सेमिफाइनलमा जित हात पार्दै भारत र इरानले भने उपाधि भेट पक्का गरेका छन् ।समूह ए मा रहेको नेपाल एक जित र एक हारको नतिजा निकाल्दै समूह उपविजेता बनेर सेमिफाइनल पुगेको थियो । नेपालले समुह चरणमा इराकलाई ६८-६ ले पराजित गरेको थियो भने इरानसँग ४७-१४ ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !