
जनकपुरधाम, २४ फागुन । समाजवादी युवा संघ नेपाल मधेस प्रदेश समितिले विस्तारित बैठक आह्वान गरेको छ ।
समितिले प्रदेशका आठवटै जिल्लाका अध्यक्ष वा प्रतिनिधिलाई बैठकमा बोलाएको हो ।
फागुन २७ गते तोकिएको बैठक पार्टी प्रदेश कार्यालय जनकपुरधाममा बस्ने जनाइएको छ ।
पार्टीको केन्द्रीय सर्लुकर अनुसार बैशाख २५ गतेसम्म सबै भातृ संगठन र शुभेच्छुक संगठनहरुको जिल्ला, प्रदेश र केन्द्रको अधिवेशन सम्पन्न गर्नुपर्ने विषयमा छलफलका लागि बैठक आह्वान गरिएको युवा संघका प्रदेश मुख्यसचिव दिपेन्द्र कुमार कापरीले बताए ।