
जनकपुरधाम, २६ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले आइतबार धनुषाको धनौजी गाँउ पालिका ४ पनि वडाअधिवेशन सम्पन्न गरेको छ । पार्टीको राष्ट्रिय महाधिवेशन हुनेभएपछि वडाअधिवेशन गरिएको हो ।
सो अधिवेशनबाट राजकिशोर मण्डलको अध्यक्षतामा २१ सदस्यीय वडाकमिटी गठन गरिएको छ ।
सन्तोष मण्डलको अध्यक्षता तथा जिल्ला अध्यक्ष जिवेन्द्र झाको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा जिल्ला सचिव राजकुमार साह, जनकपुर नगर अध्यक्ष बैदेही रमन ठाकुर, पालिकाअध्यक्ष उपेन्द्र मण्डल, उपाध्यक्ष प्रत्याशी रंजीता देबी मण्डल, युवा नेता रोशन मिश्र, मो. अली नदाप लगायतको उपस्थिति थियो ।