जनकपुरधाम, २६ फागुन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग र रंगभेदका कारण अन्यायमा परेकी डा. संगीता मिश्रको  पक्षमा चार विद्यार्थी संगठन ओर्लिएको छ ।नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी , जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियन, नेकपा एस निकट अखिल समाजवादी र अनेरास्ववियुले संयुक्त विज्ञप्तिजारी गर्दै घिसिंङ्ग र डा. संगीता मिश्र प्रति सरकारले अन्याय गरिरहेको भन्दै विरोध जनाएको छ ।विद्यार्थी संगठनहरुले कुलमान संग सरकारले प्रतिशोध साध्दै अपमान गरि रहेको भन्दै उनलाई स्वतन्त्र वातावरणमा काम गर्न दिन सरकार संग मांग गरेको छ । त्यस्तै स्वास्थ्य सचिवको बढुवामा कार्यसम्पादन मुल्याकनमा पहिलो नम्बरमा रहेकी डा. संगीतालाई मधेशी महिला भएकै कारण रंगभेद गर्दै सरकारले अन्याय गरेको भन्दै निर्णयमा पुनःविचार गर्न आग्रह समेत गरेको छ ।विद्यार्थी संगठनहरुले त्रिविको आसन्न स्ववियु निर्वाचनको कार्यतालिका त्रिवि निर्वाचन समितिले आफुखुसी परिमार्जन गर्न थालेको भन्दै पूर्वनिर्धारित तालिका बमोजिम नै निर्वाचन कार्यक्रम अघि बढाउन मांग समेत गरेको छ ।यसैगरि विद्यार्थी संगठनहरुले इतिहासमा मिल्कइएका समान्तका अवशेषहरुले अपराधीहरुको जमातलाई जम्मा गरेर भिडभाड गरि रहेको प्रति ध्यानकर्षण भएको जनाउदै त्यस्ता भीडलाई नियन्त्रण गर्न सरकार संग मांग गरेको छ । अन्यथा त्यस विरुद्ध विद्यार्थी संगठनहरु सडकमा उत्रिए उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं सरकार हुने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !