
जनकपुरधाम, २७ फागुन । जनता समाजवादी पार्टी नेपाल निकटका समाजवादी युवा संघले होली मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
मंगलबार जनकपुरधाममा आयोजित विस्तारित बैठकपछि होली मिलन कार्यक्रम आयोजन गरिएको हो ।
संघका मधेस प्रदेश समितिका अध्यक्ष कमलेश यादवको अध्यक्षता तथा पार्टीका केन्द्रीय सचिव पूर्वमन्त्री सुरेश मण्डलको प्रमुख आतिथ्यमा गरिएको विस्तारित बैठकपछि होली मिलन कार्यक्रम गरिएको छ ।
बैठक तथा होली मिलन कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य प्रेमचन्द्र झा, मधेस प्रदेशका युवा, विद्यार्थी तथा खेलकुद विभाग प्रमुख पूर्वमन्त्री ज्ञानेन्द्र कुमार यादव, युवा संघका केन्द्रीय अध्यक्ष संजीव यादव, मधेस प्रदेश सांसद माननीय संजिला यादव, पार्टीका धनुषा जिल्ला अध्यक्ष पशुपति यादव, समाजवादी दलित संगठनका प्रदेश अध्यक्ष रामु महरा, विद्यार्थी नेतृ पुष्पा यादव लगायत समाजवादी युवा संघ मधेस प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।
होली पर्वको पूर्वसन्ध्यामा भाइचारा, भ्रातृत्व र प्रेमको प्रतिकको रुपमा मनाइएको छ ।
एकआपसमा रंगअवीरले सद्भाव कायम रहोस् र आगामी दिनमा पनि एकअर्काको बीचमा सहकार्य रहिरहोस् भन्ने उद्देश्यले होली मिलन कार्यक्रम आयोजन गरिएको बताइएको छ ।
पार्टी कार्यालय जनकपुरधाममा सम्पन्न पदाधिकारी तथा सदस्यहरुको बैठकले होली र रमजान पर्वको अवसरमा शुभकामना अदान–प्रदान गरिएको थियो ।