जनकपुरधाम, २७ फागुन । आइएमई लाइफ इन्स्योरेन्स जनकपुर शाखाले होली मिलन कार्यक्रम सम्पन्न गरेको छ ।

मंगलबार जनकपुरधामको कदमचोकमा रहेको शाखा कार्यालयमा होली मिलन कार्यक्रम गरिएको हो ।

शाखाका प्रमुख सुमित कर्ण र प्रदेश प्रमुख रवीशंकर सर्राफको विशेष उपस्थितिमा कार्यक्रम भव्यरुपमा सम्पन्न गरिएको छ ।

इन्स्योरेन्सका जिल्लामा रहेका अभिकर्ता, शाखाका कर्मचारी र प्रदेश कार्यालयका प्रमुखको उपस्थितिमा होली मिलन गरिएको हो ।

होली पर्वको पूर्वसन्ध्यामा भाइचारा, भ्रातृत्व र प्रेमको प्रतिकको रुपमा मनाइएको छ ।

एकआपसमा रंगअवीरले सद्भाव कायम रहोस् र आगामी दिनमा पनि एकअर्काको बीचमा सहकार्य रहिरहोस् भन्ने उद्देश्यले होली मिलन कार्यक्रम आयोजन गरिएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !