
जनकपुरधाम, २८ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले बुधबार धनुषाको हंसपुर ८ मा वडाअधिवेशन सम्पन्न गरेको छ ।
युवा नेता मनोजकुमार मण्डलको अध्यक्षता तथा मधेस प्रदेश समितिका उपाध्यक्ष पूर्व मेयर समेत रहेका रामज्ञान मण्डलको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न गरिएको हो ।
अधिवेशनमा केन्द्रीय सदस्य भोलानाथ झा, जिल्ला उपाध्यक्ष झपसी मण्डल, जिल्ला सदस्य महिला नेत्री मीना मण्डल, नगर सचिव विजय झा, पूर्व कार्यपालिका सदस्य रामअशिस मोची, नगर सदस्य बेच्नी देवी मण्डल, वडा नं. ५ पार्टीका अध्यक्ष राम स्वार्थ पण्डित, सुनिल कुमार मण्डल, अशेश्वर मण्डल, राम भरोष मण्डल, भरोशी मण्डल, मोहन मण्डल खत्बे, वीरेन्द्र महरा, बिन्देश्वर मण्डल, बद्री मण्डल र बुद्धिजीवी किशोरी मण्डल लगायतको उपस्थितिमा भव्यतापूर्वक अधिवेशन सम्पन्न गरिएको हो ।
मनोजकुमार मण्डलको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा अशेश्वर मण्डल र मोहन मण्डल खत्बे, सचिवमा वीरेन्द्र महरा, सहसचिवमा रसिक लाल मुखिया र जमुनी देवी मुखिया छन् । कोषाध्यक्षमा भने सोनादेवी मुखियालाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा तरुण देवी सादा, दुख्नी देवी महरा लगायतका छन् ।
नेपाली काँग्रेस परित्याग गरेका बद्री मण्डललाई पार्टीमा प्रवेश गराइएको छ ।