जनकपुरधाम, १ चैत । धनुषाको धनुषाधाम नगरपालिका–६ मा एक यात्रुबाहक बस दुर्घटना भएको छ । शुक्रबार बिहान करिब ९ बजे जनकपुरबाट राजविराज जाँदै गरेको बस अनियन्त्रित भई दुर्घटना भएको हो ।

पूर्वपश्चिम लोकमार्गको सो क्षेत्रमा दुर्घटना भएको हो । स्थानीयका अनुसार यात्रु उतार्न रोक्ने क्रममा बस अनियन्त्रित भएको हो ।

धनलक्ष्मी कम्पनीको ना ५ ख १४४१ नम्बरको उक्त बसमा ७० जना भन्दा बढी यात्रीहरु रहेको बताइएको छ । जसमध्ये २५–३० जना घाइते भएको जनाइएको छ ।

घाइतेहरुलाई उपचारको लागि अस्पताल पुर्याइएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

घाइतेहरुलाई उद्धार गर्न स्थानीयहरु, इलाका प्रहरी कार्यालय धारापानी, मालटोलमा रहेका नेपाली सेनाहरु, सशस्त्र प्रहरी सुरक्षा वेस क्याम्प धनुषाधाम जुटेका थिए ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !