जनकपुरधाम, १ चैत्र  । महोत्तरीको लोहारपट्टी नगरपालिका–४ मा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक (सई) धर्मेन्द्र सिंहमाथि १० वर्षीया बालिकालाई जबरजस्ती करणीको गम्भीर आरोप लागेको छ।

सई सिंह पिपराढीस्थित रेल्वेट्र्याक पोस्टमा कार्यरत रहेका छन्। बालिकालाई जबरजस्ती करणी गरेको आरोप लगाउँदै आक्रोशित स्थानीयहरूले अहिले सशस्त्र प्रहरी पोस्ट घेराउ गरेका छन्।

स्थानीयको विरोध चर्किएपछि सशस्त्र प्रहरीले आरोपी सई सिंहलाई नियन्त्रणमा लिएको छ। घटनास्थलमा तोडफोडको प्रयास हुँदा स्थानीय र सुरक्षाकर्मीबीच तनाबको अवस्था सिर्जना भएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले बालिकामाथि दुव्र्यवहार भएको पुष्टि गरेको छ भने घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !