विराटनगर ३ चैत  ।  मोरङको सुनवर्षीमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।

प्याराडाइज बोर्डिङ स्कुलको बसको ठक्करबाट आइतबार साँझ सुनवर्षी नगरपालिका–१ कमलपोखरीकी ९ वर्षीया सन्जु परियारको मृत्यु भएको हो ।

प्रहरीका अनुसार भित्री सडक खण्डमा साइकलमा यात्रा गरिरहेकी बालिकालाई केचनाबाट शुक्रबारेतर्फ जाँदै गरेको ना ४ ख ८८४३ नम्बरको स्कुल बसले ठक्कर दिएको हो । दुर्घटनामा परी उनको घटनास्थलमै मृत्यु भएको हो।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार बस चालक सुनवर्षी–१ शुक्रबारेका ३६ वर्षीय राजेन्द्र राईलाई पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !