जनकपुरधाम ४ चैत  । नेपाली काँग्रेसको भातृ संस्था राष्ट्रिय अपाङ्ग लोकतान्त्रिक संघ मधेश प्रदेशको प्रथम अधिवेशन महोत्तरीको वर्दीवासमा सुरु भएको छ ।

महोत्तरीको बर्दीवासमा सोमवार  आयोजित उदघाटन समारोहमा  प्रथम मधेश प्रदेश स्तरिय अधिवेशनलाई विशिष्ट अतिथिको रुपमा सम्बोधन गर्दै नेपाली काँग्रेस मधेश प्रदेश प्रचार प्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताले “मन्दीर रोजेर पुजा नगर्नु देउता सबै एउटै हुन्छ, अपाङ्ग भनेर हेला नगर्नु आत्मा सबैको एउटै हुन्छ” तर यसको ठिक मधेश प्रदेशमा विपरित कार्य भईरहेको गम्भीर आरोप लगाए ।

हामी अधिकारका कुरा गर्छौ तर मधेशप्रदेशमा अपाङ्गता भएका व्यक्तिहरुलाई अधिकारबाट बञ्चित गरिएका छन् । अपाङ्गता भएका व्यक्तिको आडमा जातिवाद, नातावाद, कृपावादले चरम रुपमा जरो गाडिसकेको अवस्थामा बहुसंख्यक अपाङ्गहरु समुचित हक अधिकार पाउनबाट बञ्चित रहनु परेका हुन् ।

गुप्ताले अगाडी भने, अहिलेका मुख्यमन्त्री सस्तो लोकप्रियता कमाउने उद्देश्य तथा जनताको ध्यानलाई दिग्भ्रमित बनाउन नीजि अस्पतालमा चेकजाँचको नाममा अराजकता मचाउदै बन्द गराउने कार्य तल्लिन रहेको आरोप लगाए । म च्यालेन्ज गर्न चाहन्छु मुख्यमन्त्री सतिशकुमार सिंहलाई यदी हिम्मत छ प्रदेश सरकारको मातहतमा संचालित अस्पतालहरुमा कार्यरत चिकित्सकहरुद्धारा संचालन गरिएका नीजि अस्पतालहरु बन्द गरेर देखाउनुपर्ने तर त्यसो गर्दैनन् ।

मधेश प्रदेशमा अपाङ्गता भएका व्यत्तिहरुलाई समुचित उपचारको व्यवस्थापन छैनन् । समाजिक विकास मन्त्रालयबाट अपाङ्गका नाममा विनियोजन भएका बजेटहरुलाई दुरुपयोग गर्ने गरिन्छ तर मधेशका अपाङ्गहरु यत्रतत्र भौतारिरहेपनि सेवा सुविधाबाट बञ्चित गरिएकोमा गम्भीर आपत्ती जनाउदै विभागीय प्रचार प्रमुख गुप्ताले आफनो हक अधिकारकालाई क्षणिक लोभ स्वास्थ्यलाई थाँती राखेर त्यसका लागि योग्य भई खुलेर प्रतिबाद गर्नुपर्ने आजको आवश्यक्ता रहेको जिकिर गरे ।

प्रथम मधेश प्रदेश स्तरिय अधिवेशनको पूर्ण सफलताको कामना गर्दै स्वच्छ रुपमा नेतृत्व चयन होस भने शुभकामना दिए ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !