जनकपुरधाम, ५ चैत । लोकतान्त्रिक समाजवादी पार्टीले धनुषाको हंसपुर ३ मा वडाअधिवेशन सम्पन्न गरेको छ । सोमबार सम्पन्न अधिवेशनबाट दशरथ मण्डललाई अध्यक्ष चयन गरिएको छ ।

मण्डलको अध्यक्षता गठन गरिएको २१ सदस्यीय वडाकमिटीका उपाध्यक्षमा शशी कापर र सिया दास चयन भएका छन् ।

कमिटीका सचिवमा शिवनाथ ठाकुर, सहसचिवमा मुसाफिर दास र अलि अकबर छन् भने कोषाध्यक्ष्माा अमृति देवी दासलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै सदस्यहरुमा राजेश्वर मण्डल, पुनिता देवी महरा, निर्गुण कपर, राज कुमारी साह लगायतका छन् । वडा कमिटीका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत चयन गरिएको हंसपुरका नगरसचिव विजय झाले जनाए ।

हंसपुर नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष उदयकुमार सिंहको अध्यक्षता तथा प्रदेश उपाध्यक्ष पूर्वमेयर रामज्ञान मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न वडाअधिवेशनमा विशिष्ट अतिथि केन्द्रीय सदस्य भोलानाथ झा, जिल्ला सदस्य महिला नेत्री मिना मण्डल, नगर अध्यक्ष एवं वडा नं. ४ का वडाअध्यक्ष लालबाबु यादवको उपस्थिति थियो ।

त्यस्तै, कार्यपालिका सदस्य लालमणि देवी, वडा सदस्य अमृतिदेवी दास, युवा अध्यक्ष कमलेश साह, सियाशरण सहनी, सद्रे आलम, भगेन्द्र सिंह, वडा नं. ८ का पार्टीप्रति वफादार नेता सुनिल कुमार मण्डल, लक्ष्मीश्वर साह, रामबाबु सिंह, अनिता देवी साह लगायतको सहभागीता रहेको रहेको नगरसचिव विजय झाले बताए ।

२०८२ बैशाख २६ गते लोसपाले केन्द्रीय महाधिवेशन गर्दै छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !