
वीरगञ्ज, ५ चैत । वीरगञ्ज स्थित ठाकुर राम क्याम्पसमा स्ववियु निर्वाचनको मतदान अहिले सम्म शुरु हुन नसक्दा विवाद शुरु भएको छ । निर्वाचन समितिले विहान ८ बजे देखि निर्वाचन प्रक्रिया शुरु गर्न भनिएपनि साढे १२ बजे सम्म निर्वाचन शुरु गर्न नसक्दा विवाद उत्पन्न भएको छ ।
क्याम्पसले फर्जी विद्यार्थी कार्ड बनाउन थालेको भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन् । क्याम्पसमा पत्रकारलाई समेत प्रवेशमा प्रतिवन्ध लगाउँदा विद्यार्थीहरुले आन्दोलन थालेका छन् । उनीहरु क्याम्पस प्रमुख विरुद्ध नाराबाजी गरिरहेका छन् भने निर्वाचन प्रक्रिया विथोल्न क्याम्पस प्रमुख सक्रिय रहेको उनीहरुको आरोप छ ।
त्रिभूवन विश्व विद्यालय अन्तर्गतका क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनकालागि आज समय तोकिएको थियो ।