जनकपुरधाम, ५  चैत  । जनकपुरधाम उपमहानगरपालिकाले नगर भित्रका निजी विद्यालयहरुलाई अगामी शैक्षिक सत्र २०८२ का लागि शुल्क निर्धारण गर्न परिपत्र गरेको छ ।

जनकपुरधाम उपमहानगरका शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख धिरेन्द्र लाल कर्णले मंगलवार परिपत्र गर्दै अगामी शैक्षिक सत्रका लागि विद्यालयले लागु गर्ने शुल्क प्रस्ताव विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराई १५ दिन भित्र पेश गर्न आग्रह गरेको छ ।

निजी विद्यालयहरुले मनपरि शुल्क लिई रहेको जनगुनासो बढेपछि उपमहानगरले विद्यालयहरुको अवस्था अनुसारको शुल्क निर्धारणका लागि नयाँ कदम चालिएको उमहानगरले जनाएको छ ।

चालु आर्थिक वर्षमा कक्षा ११/१२को शुल्को विषयमा व्यापक विवाद भएको थियो । जनकपुरधाम उपमहानगरले छात्रवृतिमा पठाएको विद्यार्थीहरु संग समेत शुल्क असुली गरेको भन्दै विद्यार्थी संगठनले विरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !