शैलेन्द्र कुमार यादव
जनकपुरधाम, ५ चैत । धनुषाको हंसपुर नगरपालिका ८ मा रहेको श्री मिथिला तिलक नन्दकुमारी कार्की माविले अध्ययनरत विद्यार्थीहरुलाई सम्मानसहित विदाई गरेको छ ।

एसईई परीक्षामा सहभागी हुन लागेका १ सय २३ जना परीक्षार्थीहरुलाई मंगलबार विद्यालय परिसरमा आयोजित भव्य समारोहबीच सम्मानसहित विदाई गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज कुमार मण्डलको अध्यक्षतामा आयोजित सम्मान तथा विदाई समारोहमा विद्यालयका प्रधानाध्यापक चुलाई ठाकुर, हंसपुर नगरपालिकाको पूर्वमेयर रामज्ञान मण्डल, तत्कालीन गाविस अध्यक्ष सुशील साह, रामकृष्ण मण्डल, शिवकुमारी मुखिया, भण्डारी, सुर्जा मण्डल, महरी देवी सादा, चन्देश्वर ठाकुर, विनोद मण्डल, जितेन्द्र यादव, वेचनीदेवी मण्डल, भरोसी मण्डल सहभागी थिए ।

त्यस्तै, विद्यालय व्यवस्थापन समितिका सदस्य रामएकवाल यादव, धिरेन्द्र यादव, प्रमसिला देवी मुखिया उपस्थिति थिए ।

समारोहमा कांग्रेसका नेता कृष्णदेव मण्डल, नेकपाका नेता तथा समाजसेवी वकिल साह र बौएलाल मण्डल, समाजसेवी शिक्षा प्रेमी सुनिल कुमार मण्डल, रा.प्रा.वि. भतहीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार लगायत अभिभावक शिक्षक–शिक्षिका, समाजसेवी, बुद्धिजीवी सहभागी थिए ।

सबै परीक्षार्थीहरूलाई फुलमाला र अबिर लगाई सम्मान तथा विदाई गर्दै डटपेन र एक्जामप्याड समेत वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !