
सप्तरी, ८ चैत । सर्वोच्चको आदेश पछि मधेश कृषि बिश्वबिद्यालयका उपकुपति डा. बैद्यनाथ महतो र रजिस्ट्रार श्रीभगवान ठाकुरले पदबहाली गरे संंगै शैक्षिक गतिविधि तीब्र भएको छ ।
प्रदेश सरकारको अवरोधका कारण अस्तव्यस्त बनेको कृषि विश्वविद्यालयको शैक्षिक गतिविधि सर्वोच्चको आदेश पछि तीब्र भएको हो ।
उपकुपति र रजिष्ट्रार विश्वविद्यालयमा पदवहाली गरे लगतै डिन, पदाधिकारी तथा कार्यकारी समितिहरुको उपस्थितिमा बैठक बसि शैक्षिक गतिविधि सम्बन्धि महत्वपूर्ण निर्णयहरु गरेको छ ।
विश्वविद्यालय क्याम्पसमा कृषि विज्ञान स्नातक (बिएसिएजी)अनर्सको तेस्रो ब्याचको प्रवेश परीक्षाको मिति २०८१ साल चैत्र २३ गते शनिवारका दिन सञ्चालन गर्ने , बिश्वबिद्यालयले कृषि बिज्ञान स्नातक (बिएसिएजी) अनर्सका दोस्रो सेमेस्टर र चौथो सेमेस्टरका विद्यार्थीहरूको आन्तरिक परीक्षा यही मिति २०८१ साल चैत्र २० गते देखि सञ्चालन हुने निर्णय गरेको रजिष्ट्रार ठाकुरले जानकारी दिएका छन्।
बैठकले मधेश कृषि विश्वविद्यालय क्याम्पसको परीक्षा प्रमुखको रूपमा उप–प्राध्यापक सन्तोष सेन चौधरीलाई तोकिएको छ भने, कृषि विज्ञान स्नातकका प्रवेशिका परीक्षा संचालन गर्न उपप्राध्यापक अभिनाष कुमार यादव र डा. एकराम हुसैनलाई जिम्मेवारी दिएको रजिस्ट्रार ठाकुरले जानकारी दिएका छन्।
यस्तै चैत ७ गते सञ्चालनमा रहेको एसईई परीक्षालाई मध्यनजर गर्दै कृषि बिज्ञान स्नातकको लिएको प्रवेशिका परिक्षा र आन्तरिक परिक्षाहरुको परिणाम घोषणा गरि मिति २०८२ बैशाख १ गते देखि बिहानको कक्षा संचालन हुने निर्णय समेत गरेको छ ।