
काठमाडौ ८ चैत । दलितको घरमा डोजर लगाइएको घटनाबारे संसदीय छानबिनको माग आएको छ ।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसदहरूले संसदीय छानबिन समिति गठनको माग गरेका हुन् ।सांसद भुवनबहादुर सुनारले घटनामा संलग्न पालिका अध्यक्ष शिवजी यादव र आयोजक बजरंगी बाबा फरार रहेको भन्दै खोजी गर्न सरकारको ध्यानाकर्षण गरे । साथै यो घटनामा संसदीय छानबिन हुनुपर्ने बताए ।उच्च स्तरीय संसदीय छानबिन समिति गठन गर्न बेजोड माग गर्दछु,’ उनले भने ।सांसद मदनकुमारी शाह गरिमाले जातीय छुवाछुतमुक्त मुलुक घोषणा भएको १८ वर्ष हुँदा समेत यस्ता घटना हुनु दुःखद् रहेको बताए । यो घटनामा निश्पक्ष छानबिन हुनुपर्ने उनले बताए ।सांसदहरू गोमादेवी तिमिल्सिना, जयन्तीदेवी राई, तुल प्रसाद विश्वकर्मा लगायतले पनि यो घटनामा सरकारको ध्यानाकर्षण गरेका थिए ।