
जलेश्वर, ८ चैत । जनता समाजवादी पार्टी नेपालले महोत्तरी जिल्ला अधिवेशन सम्पन्न गर्न बैठक बसेको छ । निर्धारित समयमै जिल्ला अधिवेशनको तयारी गर्न बैठक बसेको हो ।
केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा पूर्वमन्त्री डा.सुरेन्द्र यादवले पार्टीको केन्द्रीय सर्कुलरअनुसार जिल्ला अधिवेशन गर्न महोत्तरी जिल्ला समिति तयार रहेको बताए ।
जिल्ला अधिवेशन गर्ने समय चैत मसान्त हो । यहीमसान्तभित्रै जिल्लाका सबै वडा र पालिकाहरुको समेत अधिवेशन सम्पन्न गर्ने तयारीमा जुटेका छौं ।
पार्टीका केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समिति महोत्तरीमा वडा, पालिका र जिल्ला अधिवेशनको तयारीमा जुटेका छन् । सबै नेताहरु भव्यरुपमा सबै अधिवेशनहरु सम्पन्न गर्ने तयारीमा छन् ।
वडा र पालिका अधिवेशन सम्पन्न भएपछि जिल्ला अधिवेशन गरिने नेता यादवले जनाए । अर्को बैठकबाट जिल्ला अधिवेशनको समय तय गरिने बताइएको छ ।
शुक्रबार बसेको बैठकमा पूर्वमन्त्री हरिनारायण यादव, डा. सुरेन्द्र यादव र सरोजसिंह कुशवाहा लगायतका नेता कार्यकर्ताहरु सहभागी थिए ।