जनकपुरधाम, ९ चैत  । एकीकृत नेकपा माओवादीका जनप्रतिनिधि तथा नेताहरु दशकौंदेखि बसोबास गर्दै आएका सुकुम्बासीहरुले बसोबास गर्दै आएका घर संरचना भत्काउन स्थानीय तहलाई दबाव दिन आन्दोलनमा उत्रेका छन् । हंसपुर नगरपालिकाको वडा नम्बर ६ सोनिगामास्थित राष्ट्रिय प्राथमिक विद्यालय अगाडि करीब ४५/५० वर्षदेखि गुठीको जग्गामा बसोबास गर्दै आएका करीब १५ जना गरीब विपन्न सुकुम्बासी परिवारको घर भत्काउन नगरपालिकालाई दबाव दिन गत ४ गतेदेखि माओवादी नेता कार्यकर्ताहरु अनिश्चितकालिन धर्नामा बसेका छन् ।

माओवादी नगर इन्चार्ज सुनिल यादवको नेतृत्वमा धर्नामा बसेका माओवादी नेताहरु विद्यालयको भनिएको जग्गा विद्यालयको नभई गुठी संस्थान अन्तर्गत इटहर्वा मन्दिरको रहेको अदालतले प्रष्ट गरिदिएपनि तिनीहरु विद्यालयको जग्गा भनी खाली गराउन नगरपालिकालाई दबाव करीब डेढ/दुई वर्षदेखि दबाव दिदैं अहिले आएर तालाबन्दी गरेका छन् ।

विद्यालयको जग्गा हो भनी ती सुकुम्बासीको घर तोड्न माओवादीबाट जनप्रतिनिधि रहेका वडाध्यक्ष सुरेन्द्र यादवले पटक पटक दबाव दिदैं आएपनि नगरपालिकाले नमानेपछि माओवादी नेताहरु ३४ बुँदे ज्ञापनपत्र बुझाउंदै धर्नामा बसेका छन् ।

माओवादी कार्यकर्ताहरुले विद्यालय परिसर खाली गराउने विषयमा कार्यपालिकाले गरेको निर्णय तत्काल लागू गर्नुपर्ने अडान राख्दै नगरप्रमुख प्रदिप यादवलाई ज्ञापन पत्र बुझाएका थिए । तर, नगरप्रमुख यादवले सुकुम्बासरुलाई अर्को व्यवस्थापन नगरेसम्म तत्काल निर्णय लागू गर्न नसकिने भनेपछि उनीहरुले अनिश्चितकालीन धर्नामा बसेका हुन ।

नगरप्रमुख यादवले भने पुर्खौदेखि बसोबास गर्दै आएका सुकुम्बासीको जग्गा विद्यालयको नभई गुठी संस्थानको रहेको छ । नगरपालिका मातहत वा विद्यालयको जग्गा भएको भए नगरपालिकाले खाली गराउन सक्थ्यो, तर गुठीको जग्गा भएको त्यहाँबाट सहयोगका लागि पत्राचार आएपछि मात्रै संरचना भत्काउन सकिन्छ ।

यदि हामीले बिना स्वीकृतिको अघि बढ्यौं भने कथमकदाचित कुनै दुर्घटना हुन गए त्यसको दोषी को हुने । कानून अनुसार सार्वजनिक जग्गामा वर्षौदेखि बसोबास गर्दै आएका सुकुम्बासीलाई उठिबास गराउन मिल्दैन । जबकि त्यो जग्गा सार्वजनिक नभई गुठीको हो ।

यो विवाद नयाँ होइन डेढ÷दुई वर्षदेखि चल्दै आएको हो । करीब एक वर्षअघि वडाध्यक्षको दबावपछि नगरपालिकाले विद्यालयको जग्गा खाली गराई दिन उच्च अदालतमा मुद्दा दिएपछि सो जग्गा गुठी संस्थानको ठहरिन गयो । त्यसयता वडाध्यक्ष सुरेन्द्र यादवले पटक पटक दबाव दिदैं आएपछि सर्वपक्षीय निर्णय अनुसार ५ धुर जग्गा तिनीहरुलाई व्यवस्थापनका लागि दिने निर्णय भएको थियो । सो निर्णय बमोजिम गुठीको अर्को जग्गामा व्यवस्थापन गर्न खोज्दा गुठी दिन नमानी हटाइ दियो ।

पछि गुठीले लिजमा जग्गा लिए मात्र दिने भनेपछि नगरपालिका पछि हट्यो, किनकी सो जग्गा लिजमा लिए भने गाउँका अधिकांश भागमा बसोबास गरिएका जग्गा गुठीमै रहेकाले सबै लिजमा लिनुपर्ने अवस्था रहेकाले नगरपालिकाले लिजमा लिन मानेनन् । तिनीहरुको व्यवस्थापनको लागि प्रशासन र नगरपालिका गाउँको कयौं ठाउँमा जग्गा खोजे तर खाली सार्वजनिक पाइएन ।

प्रमुख प्रदीप यादवले भने हामीले धेरै ठाउँमा जग्गा खोजियौं तर नपाएनौ सबै जग्गा गुठीकै रहेकाले मौन बस्यौं । तर वडाध्यक्ष सुरेन्द्र यादवले खाली गराउन दबाव दिन छाडेनन् । अन्यत्यमा जिल्ला प्रशासन कार्यालयको आग्रहमा हामीले उनलाई व्यवस्थापन गर्ने निर्णय अनुसार प्लटिंग गरिएका खाली जग्गाको विवरण उपलब्ध गराउन भनियौं । आज दिन्छु भोली दिन्छु भनेर दिएनन् । अहिले आएर हामी विवरण दिदैनौं भन्न थालेपछि, नगरपालिकाले अर्को व्यवस्थापन नहुञ्जेलसम्म खाली गराउंदैन भनेपछि तिनीहरु आन्दोलनमा बसेको हो ।

माओवादी नेताहरु खाली गराउने नगरप्रमुखसँग सम्झौता भएको हो भन्ने प्रसंग उनले भने करीब एक वर्ष अघि पटक पटकको दबावपछि सर्वदलीय बैठकबाट जग्गा खाली गराउने निर्णय भएको थियो । तर तिनीहरुलाई अर्को व्यवस्थापन नगरेसम्म कसरी उठीबास गराउन सकिन्छ । कानून र मानवीय नौतिकताले पनि मान्दैनन । जबकि त्यो जग्गा न त हाम्रो हो, न विद्यालयकै । खाली गराउने काम जग्गाधनी गुठी संस्थानको हो ।

विद्यालयको भनिएका जग्गाको किता नं। २०० हो र गरीब विपन्न सुकुम्बासीहरुले बसोबास गर्दै आएका किता नं. १८६ हो । विद्यालय रहेको करीब १७ कट्ठा जग्गा पनि गुठी संस्थानकै रहेको छ । यो तथ्यांक अनुसार सो जग्गासँग विद्यालयको कुनै सरोकारै रहेको छैन ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !